तिम्रो नयनको मदिरा, मुटु भित्र “जहर” भयो !
छेकीराछ क्वारेन्टाइनले, नभेटिने “ठहर” भयो !!
चार जात छत्तीस वर्णको फुलबारी भन्थे नेपाल ।
एक्ला एक्लेै बस्नेहरुको,एकलकाटे “शहर” भयो !!!
चिन्ता
बुद्ध अनि पशुपतिनाथको संरक्षणमा,
एउटा छुट्टै “शहर” छ यहाँ !
विश्व साम्रज्यबाट पनि बचाएकै हो,
कोरोनाबाट बचाउने “रहर” छ यहाँ !!
घाँसीबाट पनि प्रभावित हुन्थे
पहिले पहिकेका भानुभक्तहरु त ।
तर कमिसनको खेलमा,
बिष पनि कतै कमसल पछकी भन्ने “डर” छ यहाँ !!!
हा“सो
व्यस्तै व्यस्तताको बीचमा पनि, फुर्सदिलो “रहर” छ उसलाई !
निस्कन पनि सक्दैन बाहिर, कोरोनाको “कहर” छ उसलाई !!
घर भित्रै बस्यो भने, नियन्त्रण त हुन्छ होला कोरोना ।
तर हवात्तै जनसंख्या, बढ्छ कि भन्ने “डर” छ उसलाई !!
हरिश कुँवर “प्रोमिश“
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies