२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

रेशमको पार्टीले पनि अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

shivam cement
२०८२ कार्तिक १४ गते १५:११
रेशमको पार्टीले पनि अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

काठमाडौँ : रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।

दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको पार्टीका अध्यक्ष कबिर सोबले जानकारी दिएका छन् ।

प्रत्यक्ष निर्वाचित भइसकेपछि देशमा स्थिर सरकार रहने र ५ वर्षसम्म ढुक्कले काम गर्न सक्ने वातावरण हुने उनको दाबी छ । 

यस्तै प्रत्यक्ष निर्वाचित अन्य पदहरू पनि हुनुपर्ने र त्यसमा समानुपातिक समावेशीको सिद्धान्त अनुसार अगाडि बढाउनुपर्ने नीति लागू हुनुपर्ने पार्टीको एजेण्डा रहने उनको भनाइ छ । बैठकले रेसम चौधरीलाई पार्टीको संरक्षकको रूपमा रहने समेत निर्णय गरेको छ।

हाल पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, महासचिवमा डा. उमाशंकर प्रसाद चौधरी रहेका छन् भने कोषाध्यक्षमा, सचिव र केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने अध्यक्ष सोबले बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर