२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

shivam cement
२०८२ कार्तिक १४ गते ११:४९
पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौँ : बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन् । 

पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएका प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर