२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

स्थानीय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल

ADV
मध्यान्ह
२०८१ पुष २९ गते १५:०५
स्थानीय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल

काठमाडौंः  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।

उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैं ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानीय सरकार भनेको  जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं  महानगरपालिकाले फास्टफुडकै कम्पनिहरुसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’

यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैं तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरुलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise