काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तीमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् ।
सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि बुधबार पनि बहस हुने भएको छ । योसँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए ।
सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाटै जानकारी गराएका छन् ।