काठमाडौं : शताव्दी पुरुष सत्यमोहन जोशीले १०० वर्ष पूरा गरेरे १०१ वर्षमा लागेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशीले आज एकसय वर्ष पूरा गरी १०१ वर्षका भएका हुन् ।
जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो । तर लकडाउनका कारण औपचारिक कार्यक्रम स्थगित गरिएका छन् ।
यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्दै जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies