२०८३ कार्तिक २६ गते बिहिवार / Nov 12 , 2026 , Thursday
२०८३ कार्तिक २६ गते बिहिवार

भुटानी शरणार्थी प्रकरणमा सजाय भोगिरहेका टोपबहादुर ६५ वर्ष पुगेपछि रिहा

Nada
२०८३ कार्तिक २६ गते ०८:४७
Shares
भुटानी शरणार्थी प्रकरणमा सजाय भोगिरहेका टोपबहादुर ६५ वर्ष पुगेपछि रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट कैदमुक्त भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो । उक्त पुर्जी तिहारअघि नै प्राप्त भएको डिल्लीबजार कारागारले जनाएको छ ।

कारागार कार्यालयले अदालतबाट प्राप्त संशोधित कैदीपुर्जीका आधारमा उनलाई बिहीबार बिहान थुनामुक्त गरेको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर