काठमाडौं : मलेसियाका राजा याङ् दी–पेर्तुवान आगोङ अल–सुल्तान अब्दुल्लाह राइयातुद्धिन अल मुस्ताफा बिल्लाह शाहले मलेसियामा रहेका सबै कामदारको सुरक्षामा उच्च ध्यान दिन आग्रह गरेका छन् ।
मलेसियान संसदको तेश्रो वार्षिक अधिवेशनलाई सम्वोधन गर्दै त्यहाँका राजा शाहले विशेष गरी मलेसिया सरकारको राहत प्योकजबाट आर्थिक सहायता प्राप्त गरेका देशका सम्पूर्ण रोजगारदातामाथि कामदारहरुको रक्षा गर्नुपर्ने दायित्व रहेको बताए ।
मलेसियामा राजाको हैसियत संवैधानिक रहेको छ । तर राजाको आदेश वा निर्देशनलाई उच्चसम्मानका साथ लिने गरिएको छ । राजाको सम्वोधनपछि मलेसियन ट्रेड युनियन कंग्रेसले रोजगारदाताहरुसँग कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकट देखाएर कामदाहरुलाई विदा दिने वा तलव नकाट्न ध्यानाकर्षण गराएको छ ।
मलेसियामा कोरोना भाइरसका कारण देखाउँदै अधिकांश रोजगारदाताहरुले मार्च र अप्रिल महिनाको तलव भुक्तानी गर्न ढिला गरेको सार्वजनिक भएको छ । मलेसियन ट्रेड युनियन कंग्रेसले राजाबाट व्यक्त सदिक्षालाई रोजगारदाताहरुले उच्चसम्मानका साथ कार्यान्वयन गर्न पनि स्मरण गराएको छ ।
ज्यालामा अनुदान पाएका केही रोजगारदाताहरुले मजदुरहरुलाई सुविधा नदिएको भन्दै उक्त संगठनले त्यस्ता रोजगारदातालाई जरीवाना गर्न समेत माग गरेको छ । मलेसियामा वैधानिक रुपमा करिब ५ लाख नेपाली कार्यरत रहेका छन् । श्रम र ज्याल सम्वन्धमा त्यहाँ हुने निर्णयले नेपाली कामदारहरुले पाउने तलव तथ सुविधा प्रत्यक्ष रुपमा जोडिने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies