२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

लागुऔषधविरुद्ध गौरमा युवाहरूको भव्य र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक २४ गते २०:०२
Shares
लागुऔषधविरुद्ध गौरमा युवाहरूको भव्य र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

रौतहट : सदरमुकाम गौरमा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने प्रमख उद्देश्यसहित मंगलबार युवाहरूको सक्रिय र भव्य सहभागितामा र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जेनजी युवा क्लब रौतहटको आयोजना तथा रौतहट जेनजीको सहकार्यमा आयोजित यस कार्यक्रमले समाजमा गम्भीर बन्दै गएको लागुऔषधको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सदरमुकामस्थित ऐतिहासिक घण्टाघर चोकबाट औपचारिक रूपमा सुरु भएको सो र्‍याली प्रहरी चौकी, फरेन गेट र भन्सार क्षेत्रको परिक्रमा गर्दै पुनः घन्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नगरका विभिन्न मुख्य मार्गहरू परिक्रमा गर्ने क्रममा

र्‍यालीमा सहभागी युवा तथा समाजसेवीहरूले युवा देशका गहना हुन्, युवालाई बचाउनुपर्छ’, नशामुक्त देश बनाउनुपर्छ’,नशामुक्त समाज निर्माण गरौं’, नो ड्रग्स तथा बाई बाई ड्रग्स जस्ता सचेतनामूलक नाराहरू प्लेकार्डसहित घन्काएका थिए ।

कोणसभाका क्रममा वक्ताहरूले वर्तमान समयमा युवापुस्तालाई लागूऔषधले कसरी कुलतमा फसाइरहेको छ र यसले व्यक्तिगत जीवन परिवार तथा समग्र समाजमा पार्ने नकारात्मक असरबारे गम्भीर चर्चा गरेका थिए ।

कार्यक्रममा शैलेन्द्र यादव, श्याम साह, अभिषेक राम, सुबोध पासवान, ललन शाह, पिन्टु, ममता यादव र सन्तोष पौडेल लगायतका वक्ताहरूले आ-आफ्नो मन्तव्य राख्दै लागुऔषधको जालोलाई निस्तेज पार्न र युवाहरूलाई सही मार्गमा डोऱ्याउन राज्यका निकाय मात्र नभई सम्पूर्ण समाज एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

सन्दीप जैसवालको सभापतित्वमा सम्पन्न उक्त कोणसभा तथा जनचेतनामूलक कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेललगायत विभिन्न क्षेत्रका युवा, बुद्धिजजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक शैलेन्द्र यादवले बढ्दो लागूऔषध दुर्व्यसनबाट समाजलाई मुक्त गराउने युवापुस्तालाई कुलतबाट जोगाउने र स्थानीय स्तरमा सकारात्मक सामाजिक चेतना जागृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

आयोजक संस्थाका अनुसार यस किसिमका जनचेतनामूलक अभियानले युवाहरूलाई रचनात्मक कार्यतर्फ आकर्षित गर्न र लागुऔषधविरुद्धको सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्न महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ । ​युवापुस्तालाई कुलतबाट टाढा राख्दै स्वस्थ, सभ्य, र सुरक्षित नशामुक्त समाज निर्माण गर्न सबै पक्षको सामूहिक प्रयास अपरिहार्य रहेको सन्देशसहित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

laxmi recruitement

सम्बन्धित खबर