काठमाडौँ : गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन-ग्विरले राजीनामा दिएका छन् ।
उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन्।
युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन-ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको सैन्य कारबाहीलाई जारी राख्न दबाब दिँदै आएका थिए।
उनले राजीनामा पेस गर्दै युद्धविराम सम्झौतालाई आतंकवादको पूर्ण विजयको संज्ञा दिएका छन् । यद्यपि उनले सरकार ढाल्न भूमिका भने नखेल्ने स्पष्ट पारेका छन् ।