पर्वत : श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पर्वतमा एक नेपाली सेनामा कार्यरत युवा कारागार चलान भएका छन । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवर काराघर चलान भएका हुन् ।
जिल्ला अदालत पर्वतले कुँबरलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनकी श्रीमति आशा कुँबर असार ५ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।
उनले विवाह पश्चात् दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मानसिक यातना दिँदै आएको माइतीपक्षले आरोप लगाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies