२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

कर्मचारी संगठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

shivam cement
मध्यान्ह
२०८१ माघ २७ गते २१:३७
कर्मचारी संगठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले कर्मचारी संगठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्नेमा जोड दिए । 

कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उनले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । 

सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ । उनले भने,‘अब लाइन होइन अनलाइन भनेर बुझ्नुपर्छ, जो कर्मचारीलाई प्रविधिको उच्चतम प्रयोग गरेर अनलाइन प्रणामीमा काम गर्दा अप्ठ्यारो लाग्छ उसले अन्यत्र जानका लागि तयारी गर्नुस् ।’ मन्त्रालय मातहतकै केही निकायका कर्मचारीहरूलाई अटोमेशन प्रणाली चित्त नबुझेकोमा असन्तुष्टि व्यक्त गरे । सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई निर्देशन दिए ।

मन्त्री भण्डारीले केही कर्मचारीहरू आफ्नो व्यक्तिगत लाभका लागि संगठनमा आबद्ध हुने गरेको बताएका छन् । उनले भने, ‘केही कर्मचारीहरू संगठनको मर्म, भावना, मूल्य र मान्यता विपरीत गलत कर्मबाट जोगिनका लागि संगठनको साथ लिने गरेको पाइन्छ, पहिला यो प्रवृत्ति प्रर्ण रूपले हटाउनुस्, त्यसपछि संगठनमा आबद्ध हुनुस् ।’ 

मन्त्री भण्डारीले कर्मचारीहरूको संगठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पुर्‍याउनका लागि संगठनमा कामगर्न आग्रह गरे । संगठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उनको जोड रहेको छ ।

कर्मचारी संगठन उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको अध्यक्षमा हस्तबहादुर शाही, उपाध्यक्षमा विदुर कुमार भण्डारी र गंगा केशी,सचिवमा निसिन्द्र राज नेपाली, सहसचवमा तेजेन्द्र यादव, गरी १९ सदस्यीय समिति चयन भएका छन् । यस्तै लेखा परीक्षण आयोगको संयोजकमा हरिकृष्ण फुयाल चयन भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise