काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज तीन घण्टा लामो छलफल भएको छ । दुई नेताबीच बालुवाटारमा विहान साढे एघार बजेदेखि तीनघन्टा लामो कुराकानी भएको हो । २४ असारदेखि रोकिएको छलफल दुई नेताले हिजोवाट पुन सुचारु गरेका हुन् । आज भने दुई नेताविच लामो कुराकानी भएको छ ।
दुई नेताबीच भएका छलफलका विषयबस्तु सार्वजनिक भएका छैनन् । एसअघि वान टु वान वार्ता भएपनि आजको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएको बताइएको छ । असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies