काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ खेल्न भोलि वेस्ट इन्डिज जाने भएका छन् । कोरियन चार्टर फ्लाइटबाट सीपीएल खेल्न उनी त्यसतर्फ जान लागेका हुन् ।
कोरोना भाइरस माहामारीका कारण ठप्प बनेको हवाई उडानको कारण यसअघि सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना देखिएको थियो । व्यवस्थापक रमन शिवाकोटीले आज ट्वीट गर्दै सन्दीय सीपीएल खेल्न जाने निश्चित भएको जानकारी दिएका हुन् ।
ट्रिनिडाड एन्ड टोबेगो हुँदै सन्दीप अगष्ट एक तारिखमा वेष्ट इन्डिज पुग्ने बताइएको छ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।
उनले तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् । यो वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा प्रतियोगिता सेप्टेम्बर १० सम्म सञ्चालन हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies