काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई सपथ गराएका हुन् ।
सपथ कार्यक्रममा मन्त्री विश्वकर्माले मुलुकलाई समृद्धि गर्ने सरकारको लक्ष्य रहेको भन्दै खेल क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए । त्यस्तै सदस्य सचिव सिलवालले खेल जगतलाई प्राथमिकताको क्षेत्रको राख्नका लागि आफ्नो पहल र भूमिका हुने बताए । सुशासन र पारदर्शी रुपमा आफ्नो गतिविधिलाई अघि बढाउने बताए ।
यसपटक राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो । सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गते सँगै सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए । कोइराला भने पहिलो पटक राखेपमा प्रवेश गरेका हुन् । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्याकाल ४ वर्ष रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies