एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दायर भएको छ । स्विट्जरल्यान्डमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।
इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोप लगाइएको छ । महान्यायाधिवक्ताले गत साता पदबाट राजीनामा दिएका थिए । अदालतले लौबरले फिफाको छानविन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा लुकाएको जनाएको छ ।
फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुबैले आफुले गल्ती नगरेको बताउँदै आएका छन् । फिफाले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग गर्ने जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies