एजेन्सी : अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग कुरा गर्दै सो सम्बन्धी आदेशमा आज हस्ताक्षर गर्ने बताएका हुन् । आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश ट्रम्पले लागू गर्न लागेका हुन् ।
फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा चिनिया एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी ट्रम्पले दिएका हुन् । यसअघि अमेरिकाले चिनिया प्रविधि कम्पनी हुवावेमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
एप्समा प्रतिबन्धले अमेरिका र चीन विच विवाद झनै चुलिने अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमण, डब्लुएचओको भुमिका, हङकङमा नयाँ सुरक्षा कानून लगायतका विषयमा दुईदेश विच विवाद हुँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies