इमरान खान/मध्यान्ह
कपिलबस्तु : मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्षोल्लासका साथ मनाउदै छन् । कपिलवस्तु सदरमुकाम तौलिहवा, बहादुरगज, चन्द्रौटा, कृष्णनगर, मर्यादपुर, पकडीलगायत कपिलवस्तु जिल्लाभार ईदुल अजहा अर्थात बकरा ईद मुस्लिम धर्मावलम्वीहरु हर्षोल्लासका साथ मनाइरहेका छन् ।
कोरोना भाइरस (कोभिड-१९)ले गर्दा यसपटक ईदुल अजहाको नमाज आ-आफनो घरमा पढिएको छ । नमाज पढी सकेपछि मुस्लिम धर्मावलम्बीहरु आफ्नो क्षमता अनुसारको कुरबानी अर्थात् बली दिने गर्दछन् । मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवी ईब्राहिम अलिही सलामले आफ्नो प्यारो छोरा ईस्माइल अलिही सलामको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माइल अलिही सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।
आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माइल अलिही सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर कपिलवस्तुका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकरा ईद मनाई रहेका छन् । कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीबहरु जसको कुरबानी गर्ने पैसा हुदैन, उनीहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई ईष्टमित्रलाई बाडने र तेस्रो भागको मासु घरपरिवारमा बनाएर खाने गर्दछन् ।
इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्ब बकरा ईद इदुल अजहा २०७७ साउन १७ गते शनिवारका दिन परेको हो । मुस्लिम धर्मावलम्वीहरुबीच इस्लामी महिनाको अन्तिम महिनाको तिन दिन १०, ११ र १२ तारिखको दिन कुरबानी मनाइन्छ ।
यसै क्रममा कपिलवस्तु तौलहिवाका गुरु मौलाना हजरत अलि हसन निजामी द्घाराकुरबानी सम्बन्धमा गरेका कुराकानी मा कुरबानी सम्बान्धि दिएका जानकारी यसप्रकार रहेको छ —
१ . कुरबानीको इतिहास : इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नु पर्छ । अल्लाहतालाले कुरबानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखिएको थियो । कुरान शरिफमा अल्लाहको आदेश भाग नं ३० पाठ न. १०८ आयत नं २ मा उल्लेख गरिएको छ । अफनो अल्लाहको लागि नमाज पढा र कुरबानी गरा । अब हेरनु कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि कुरबानी रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।
२ . कस्तो व्यक्तिले कुरबानी गर्न सक्छ ? कुरबानी गर्ने व्यक्ति जिम्मा आवश्यक्ता बाहेक साढे सात तोला सुन अथवा साढे बाउन्न तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्यक्तिल् कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा उक्त ब्यक्ति गुनेहगार हुनेछ ।
३, कस्तो जनाबरको कुरबानी गर्नु उपयुक्त हुन्छ ? कुरबानीका लागि खसी, भेडा, रागाँ गाई, उटको कुरबानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने गर्दछम अनि गाई राष्ट्रिय जनावार भएकाले हामीले गाईको कुरबानी दिदैनौ बाहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल भएको मानिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies