अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : दुई वर्ष अघिदेखि फैलिएको अमेरीकन फौजिकिराको संक्रमण नियन्त्रणमा नआउँदै अचानक सलह किरा भित्रिएपछि रुकुमका किसानहरु चिन्तित भएका छन् ।
गत असारमा भारतको बिहारतर्फबाट प्रबेश गरेको सलह (फट्याङ्ग्रा ) किरा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा फैलिएपछि किसानहरु थप चिन्तित भएका हुन् । झुण्ड झुण्डमा देखिएको सहल नगरपालिकामा तिव्र गतिमा फैलन थालेपछि किसानहरु चिन्तित बन्दै नियन्त्रणका लागि हारगुहार माग्ने समय आएको स्थानीय कृषकहरु बताउँछन् ।
आठबिसकोटको वडा नं. ९ को ठरचौर, बुगेरी , भौरित , गाराछरी , बटालागाउँ र वडा नम्बर - ८ को घर्तीगाउँ , लाता , नाउला र वडा नम्बर १० को केहि स्थानमा सलहको झुण्ड देखिएको छ । यी क्षेत्रमा ठुलो संख्यामा आएको सलहले मकै तथा धानबालीमा क्षेती पुर्याएपछि किसानहरु आत्तिन थालेका छन् । मंगलबार र बुधबार आठबिसकोट नगरपालिका ९ ८ र १० मा देखा परेको सलह यसअघि पुर्वी रुकुममासमेत फैलिएको थियो ।
किसानको मकै, धान, फलफुल, तरकारी लगायतका कृषि उत्पादनमा सलहले हुर्रहुर्र आउँदै खाँदै उड्ने गरेको छ । ‘एकैदिनमा धेरै किसानको अन्नबालीमा क्षति पुर्याएको खबर आउँदा पनि नगरपालिकाको कृषि प्राविधिक लगायतको टोली र जनप्रतिनिधिसमेत त्यसतर्फ अध्ययन गर्न नगएको स्थानीयको गुनासो छ । नगरपालिकाका अधिकांश क्षेत्रमा मकै, भटमास, धानबाली लगाईएको छ । कृषि बालिमा संक्रमण भएको अमेरिकन फौजी किरा नियन्त्रणमा नआए यी क्षेत्रहरूमा ठुलो क्षति गर्ने अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies