काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा यही महिना हुने भएको छ । पहिला नै गर्ने तयारी गरिए पनि कोरोना भाइरसको महामारीका कारण यसअघि साधारण सभा हुन सकेको थिएन । चितवनमा मंगलबार बसेको बोर्ड बैठकले असोज २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
गत वर्षको असोज १२ गते भएको निर्वाचनबाट बर्तमान कार्यसमिति चयन भएको थियो । प्रत्येक वर्ष साधारण सभा गर्नुपर्ने व्यवस्था रहेको छ । बोर्ड बैठकले २८ गतेका लागि साधारण सभाको मिति तय गरेको हो । साधारण सभा सकेसम्म भौतिक उपस्थितिमा गर्ने सम्भव नभए भर्चुअल भए पनि सम्पन्न गर्ने निर्णय गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
यसैगरी बोर्ड बैठकले स्न २०२० का लागि महिला र पुरुष खेलाडीको केन्द्रीय सम्झौता पनि अनुमोदन गरेको छ । केन्द्रीय सम्झौतामा १८ जना पुरुष र १९ जना महिला खेलाडीहरु रहेका छन् । महिलाको केन्द्रीय सम्झौता पहिलो पटक गरिएको हो । पुरुषको ए श्रेणीमा रहने खेलाडीको मासिक पारिश्रमितक ५० हजार, बी श्रेणीका खेलाडीको ४० हजार र सी श्रेणीका खेलाडीको ३० हजार तोकिएको छ ।
पुरुषको ए श्रेणमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी छन् । यसैगरी बी श्रेणीमा सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन शर्राफ रहेका छन् ।
यस्तै सी श्रेणीमा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, अभिनास वोहोरा र कमलसिंह ऐरीलाई राखिएको छ । महिलातर्फ ए श्रेणीका खेलाडीले १५ हजार मासिक प्राप्त गर्दा बी श्रेणीका खेलाडीले १२ हजार र सी श्रेणीका खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
महिला तर्फ ए श्रेणीमा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सिता रानामगर र करुणा भण्डारी रहेका छन् । यसैगरी बी श्रेणीमा ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर रहेका छन् । यसैगरी सी श्रेणीमा कविता कुवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र सोभा आले छन् । साधारण सभाले आर्थिक वर्ष २०७१–०७२ देखि २०७५–०७६ को अडिट रिपोर्ट पनि अनुमोदन गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies