सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : अवैध लागुऔषध गाँजासहित खोटाङका दुई युवा पक्राउ परेका छन् । प्रहरीले सात केजी गाँजासहित कारोबारमा संलग्न दुई युवालाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका – १ बयक्ता बस्ने बर्ष २१ का सुवास राई र सोहि वडा बस्ने बर्ष २३ का अविन नेपाली हुन् ।
बुधबार राति सात बजे इलाका प्रहरी कार्यालय हलेसीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
घरमा अबैध रुपमा गाँजा साथै सुर्ती बिक्री वितरण गर्दै आएका उनीहरुको साथबाट सात केजी गाँजा , १५ बोरा भाले बा्रण्डको सुर्ती, २ बोरा खूल्ला सुर्ती, २ बोरा चुना, १ बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, २ थान फलामको दाउ, १ थान काठको अचानो, १ थान गाँजा बनाउने मेसिन र २ बोरा महादेव लेखिएको छाप स्टिकर प्रहरीले बरामत गरेको हो ।
पक्राउ पेका उनीहरुलाई लागु औषध गाँजा तथा राजस्व कर छलि सम्बन्धि मुद्दा चलाईने प्रहरीले जनाएको छ । पक्राउ परेका राई नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का क्षेत्रीय समिति सदस्यसमेत हुन् । विभिन्न व्यवसाय गर्दै आएका राई विरुद्ध यसअघि हलेसी बजारमा मरेको कुखुराको मासु बिक्री गरेको आरोपलमेत लागेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies