शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकाको चौथो गाउँसभा आइतबार सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँसभाबाट आर्थिक बर्ष २०७७/०७८ को लागि ५१ करोड ८७ लाख ६८ हजार २ सय चौबीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाबाट आन्तरिक श्रोत बाट १ करोड ५५ लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदानको ९ करोड ६३ लाख, संघीय सरकारको सशर्त अनुदानको १७ करोड २ लाख, संघीय सरकारको विशेष अनुदानको १ करोड ५० लाख, संघीय सरकारको राजस्व बाँडफाँडको ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानको ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदानको २० लाख, सामाजिक सुरक्षा भत्ता वापत ३ करोड ५५ लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमको १० लाख ३० हजार, सौर्य उर्जा कार्यक्रमको ८ लाख र गत बर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ गरी जम्मा ५१ करोड ८७ लाख ६८ हजार २ सय २४ रुपैयाँको बजेट सार्वजनिक गरिएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले बताएकाछन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निःशुल्क गरिने घोषणा समेत गरेको छ । उनले गाउँपालिकाका सवै किसानलाई खेतिको लागि निःशुल्क सिचाई उपलब्ध गराउने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies