काठमाडौं : ओमानले भिसा सकिएका विदेशी कामदारलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ महामारी सम्बन्धी सर्वोच्च समितिको एक पत्रकार सम्मेलनमा ओमानका ब्रिगेडियर सइद अल अस्मीले नयाँ भिसा जारी गर्न बन्द गरिएको बताए ।
ओमानको वैधानिक बसोबास अनुमति पाएकाहरुले मात्र रोजगारलगायत अन्य कामका लागि ओमान प्रवेश पाउने भन्दै ब्रिगेडियर अल अस्मीले सुरक्षाका मापदण्ड र नियमको पालना गरेर कोभिड नियन्त्रणमा सहयोग गरेका बताए ।
यसैबीच नेपाल र ओमनबीच कूटनीतिक राहदानीवाहकलाई एकअर्को देशमा यात्रा गर्दा ९० दिन अर्थात् तीन महिनासम्म भिसा लिनु नपर्ने भएको छ । सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा नेपाल र ओमानबीच उक्त सम्झौता भएको हो । सहमतिमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिलेले सम्झौतामा हस्ताक्षर गरेको नेपाली दूतावासले जनाएको छ ।
सम्झौताअनुसार दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि ९० दिनसम्म प्रवेशाज्ञा (भिसा) लन नपर्ने तथा ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्ने छन् ।
पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिटको रूपमा विकास भइरहेको भन्दै दूतावासले वैदेशिक रोजगारलगायत अन्य विविध गतिविधिहरूका लागि त्यहाँ हुने भ्रमणहरूमा सम्झौताले सहजीकरण गर्नेसमेत अपेक्षा लिइएको नेपाली दूतावासले बताएको छ ।
भेटमा दुवै जनाले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनुपर्ने विषयमा जोड दिएको दूतावासले जनाएको छ । दुवै पक्षले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवद्र्धनात्मक क्रियाकलापमा जोड दिनुपर्ने विचार साटासाट गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies