२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

प्रमुख प्रशासकीय अधिकृत कुर्दै रौतहटका स्थानीय तह

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज १ गते १९:३२
प्रमुख प्रशासकीय अधिकृत कुर्दै रौतहटका स्थानीय तह

रौतहट : रौतहटका स्थानीय तहहरूमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदा आर्थिक र प्रशासनिक काम ठप्प हुने अवस्था आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते राति ठूलो संख्यामा उपसचिव र शाखा अधिकृतको सरुवा–पदस्थापन गरेको थियो । सो क्रममा रौतहटका १६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए पनि अधिकांशले अझै कार्यभार ग्रहण गरेका छैनन् । अहिलेसम्म गरुडा र कटहरिया नगरपालिकामा मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । बाँकी पालिकामा प्रशासकीय अधिकृत नआउँदा कार्यालयका आर्थिक तथा प्रशासनिक कार्यहरू प्रभावित भएका छन् ।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सरुवा भएका अधिकारीहरूलाई चाँडै तोकिएको कार्यालयमा हाजिर हुन आग्रह गरेको छ ।

४ पालिकाको खाता रोक्का

प्रशासकीय अधिकृत अभावकैबीच रौतहटस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले मंगलबार ४ पालिकाको खाता अस्थायी रूपमा रोक्का गरेको छ । खाता बन्द गरिएका पालिकामा गढिमाई, माधवनारायण, राजपुर र राजदेवी नगरपालिका रहेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय गौरले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगरी पुरानै प्रशासकीय अधिकृतको हस्ताक्षरमा खाता सञ्चालन गरेको भन्दै आलोचना भएपछि तत्काल प्रभावले खाता रोकिएको हो ।

चालु आर्थिक वर्षमा ती ४ पालिकाको खाता सुचारु भइसकेर पहिलो किस्ता अन्तर्गतको सशर्त र समानीकरण अनुदान निकासा भएको थियो । तर हालका लागि ती पालिकाको सूत्र प्रणाली (स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली) लक गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise