-के.बी. बस्नेत
नेपालमा लघुवित्तको सुरुवात सन् १९९० मा भएको हो । यहाँ उदार अर्थनीति लागू भएपछि उक्त नीतिको फाइदा उठाउँदै निजी क्षेत्रको लगानीमा “घ” श्रेणीका लघुवित्तहरु स्थापना गर्न थालियो ।
हाल यहाँ झण्डै ९० लघुवित्त संस्थाहरु छन् । यिनीहरुमध्ये केही मर्जरमा गइरहेका छन् भने केही थपिँदै पनि छन् । कुनै पनि लघुवित्तमा सबैभन्दा पहिले सदस्यहरु बनाइन्छ । त्यस पछि उनीहरुलाई उक्त संस्थाको नीति, ब्याजदर, किस्ता, समूह र बचत जस्ता विषयमा तालिम दिइन्छ । समान्यतः ५ जना सदस्यको एक समुह र ५ वटा समूहको एक सेन्टर बनाउने प्रचलन छ ।
नेपाल राष्ट्र बैकले १५ लाखसम्म धितोमा र समूहमा प्रति सदस्य ३ लाखसम्म कर्जा दिने सुविधा दिएको छ । परन्तु झण्डै ८० प्रतिशतभन्दा बढी ऋण विनाधितो समूह जमानीमा दिइन्छ । यसको मुख्य कारण सबैले थाहा पाउँदा सामाजिक दबाब सिर्जना भई ढिलो या चाँडो कर्जा असुली हुन्छ भन्ने मान्यता छ ।
वाणिज्य तथा विकास बैंकहरुले विपन्नहरुमाथि विश्वास गर्दैनन् भनिन्छ । त्यसैले यी बैंकहरुको करिब ८० प्रतिशत कारोबार सम्पन्न परिवारहरुमा सीमित छ । तर लघुवित्तहरुको ग्राहक सबै निर्धन छन् । गरिबको भरोसा बन्दै गएको लघुवित्तहरुको पहुँच ६० प्रतिशतमा पुगेको अनुमान छ । यिनीहरुले खास गरी बचत, कर्जा, बिमा, विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरु, तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्ने वातावरण बनाइदिने काम गरेका छन् । त्यसैले यिनीहरुको व्यापकता, निरन्तरता र दिगोपनमा ध्यान दिन आवश्यक छ ।
आथिक दृष्टिकोणबाट नेपालमा पुरुषहरुभन्दा महिलाहरु निकै कमजोर छन् । उनीहरुको आयआर्जन पुरुषहरुको भन्दा कम छ भने बचत पनि निकै नै न्यून छ । यहाँका सहरी क्षेत्रका भन्दा पनि ग्रमीण क्षेत्रका महिलाहरुको आयआर्जन धेरै कम छ । विगतमा सरकारले ग्रामीण महिलाहरुको उत्थानका लागि केही प्रयासहरु गरे पनि प्रभावकारी हुन सकेनन् । वास्तवमा सरकारले महिला विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरुभन्दा लघुवित्त कार्यक्रमहरु तुलानात्मक रुपमा बढी प्रभावकारी भइरहेका छन् ।
लघुवित्तहरुमा समावेश भएपछि ग्रामीण महिलाहरु आफ्ना विचार जनसमक्ष निर्धक्कसँग राख्न सक्ने भएका छन् । सम्बन्धित लघुवित्तहरुमा उनीहरुको केही रकम बचत गरिएको छ जुन सबै जोड्दा झण्डै कुल ६९ अर्ब ५९ करोड रुपैयाँ छ ।
आजकाल ग्रामीण महिलाहरु आफ्ना गर्जो टार्न लघुवित्तहरुका भर पर्न थालेका छने । उनीहरु आत्म निर्भर भएकाले आ–आफ्ना परिवारमा उनीहरुको सम्मान एवं हैसियत बढेको छ । लघुवित्तहरुका लक्ष्य नै कम आय भएका व्याक्तिलाई आत्मनिर्भर बनाउन कर्जा उपलब्ध गराउनु, बचत गर्न सिकाउनु र जोखिम न्यून गर्नु हो । यो लक्ष्य परिपूर्ति गर्न लघुवित्तहरुले मान्यता प्राप्त गरेका छन् ।
हाल ग्रामीण महिलाहरुको गरिबी निवारणका लागि लघुवित्तहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । हालसम्म यस सम्वन्धमा कुनै मूल्यांकन नगरिए पनि केही उपलब्धि भएको अनुमान छ । विगतका शताब्दी महिलाहरुको तुलनामा पुरुषहरुको लागि केही सुखद थियो । तर आज परिस्थिति बदलिइको छ । त्यसैले पुरुषहरुलाई जस्तै महिलाहरुलाई संरक्षण दिन वित्तीय संस्थाहरुसम्बन्धी साक्षरता, सुरक्षा, बचत र ऋणका लागि लघुवित्तहरुले केही योगदान पुर्याएका छन् ।
लघुवित्तहरुले खासगरी ग्रामीण महिलाहरुलाई बचत, कर्जा, बीमा र विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरुलगायत तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्न सहज वातावरण बानाइदिने काम गरेका छन् । यति मात्र होइन, यिनीहरुले महिला सशक्तीकरणका लागि केही काम गदै आएका छन् ।
नेपालका लघुवित्तहरुले लिने आधार ब्याजदर महंगो छ । वस्तवमा १३÷१४ प्रतिशत ब्याजदरमा कर्जा लिई लगानी गर्दा महंगो भएको हो । त्यसैले उक्त ब्याजदर घटाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ । जटिल भौगोलिक अवस्था र विपन्नताको सामना गर्दै नेपालमा सञ्चालित लघुवित्तहरु सामाजिक तथा वित्तीय अवधारणाबाट प्रेरित छन् । विषेशतः दुर्गम क्षेत्रका ग्रामीण महिलाहरुको जीवनस्तर उकास्न यनीहरुले खेलेको भूमिका सराहनीय छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies