काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो ।
अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका खेलाडीलाई आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो । यस अघि नेपालमै गरिएको परिक्षणमा ७ खेलाडीमा कोरोना देखिएको थियो । नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies