असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटन गरेपछि चर्को आलोचना खेपिरहेका काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठक दश दिनमै अन्त्य गरे । जबकी संविधान कार्यान्वयनका लागि आवश्यक दर्जनौं विधेयक पारित हुन सकेको छैन । गएको पुस १७ मा शुरु भएको बैठक अन्त्य गर्न राष्ट्रपतिको पत्र बोकेरै सभाका अध्यक्ष गणेश तिम्सिना आइतबार बैठक हल छिरका थिए । राष्ट्रियसभा अन्त्य गर्न ओली बैठकको शुरुमा पुगेका थिए । ओलीको प्रवेश लगत्तै नेकपा प्रचण्ड–माधव समूहका नेताहरू भने बाहिरिएका थिए । असंवैधानिक कदम चाल्ने ओलीको प्रवेश भएको भन्दै प्रचण्ड र माधव समूहका सांसदहरुले बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् ।
राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले संसद् विघटन गर्ने निर्णयको सांसदहरुले कडा आपत्ति जनाए । तर, ओलीले रेडिमेट जवाफ दिएर पञ्छिए । प्रचण्ड र माधव समूहका नेताहरु विरुद्ध भने कडा रुपमा प्रस्तुत भए । सांसदहरुलाई भने चित्तबुझ्दो जवाफ दिएनन् । ओलीले संसद् विघटन गरेर राजनीतिक स्थीरता कायम रहेको तर्क गरे । ओलीको कुनै पनि जवाफ चित्तबुझ्दो थिएन । प्रतिनिधिसभा विघटन गरेका ओलीले दश दिनमै राष्ट्रियसभा दिन दिन पनि चल्न नदिइनुको जवाफ भने दिएनन् । जबकी प्रतिनिधिसभा नहुँदा राष्ट्रियसभाको महत्वपूर्ण हुने थियो । तर, ओलीले राष्ट्रियसभा पनि लामो समय चल्न दिएनन् । दश दिनको अवधिमा चार पटक बसेको बैठक जम्मा सात घण्टा पाँच मिनेट मात्रै चल्यो ।
अदालतको फैसला भन्दा पनि जनताको निर्णय महत्वपूर्ण हुने तर्क गरेका ओलीले राष्ट्रियसभा बेठकमा जनप्रतिनिधिस्थल हरण गरेकाबारे एकप्रकारले कूतर्क नै गरेका थिए । जननिर्वाचित प्रधानमन्त्रीले राष्ट्रियसभा पनि लामो समय चल्न नदिइनुको अर्थ उनी संसदसँग र प्रश्नसँग डराएका छन् । जबकी, उनी लामो समय आवद्ध पार्टीले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद (जबज) प्रष्ट अर्थ हो– जनताको आवाज सुन्नु । तर, ओली यी सवैसँग डराउने र आफै राजनेता भएको घोषित गर्दै हिडेका छन् । ओलीको यो निरङ्कुश र असंवैधानिक कदमले प्राप्त उपलब्धीहरु खतरामा परेको देखिन्छ । विशेषगरी संविधान र व्यवस्था संकटमा देखिएको छ । त्यसलाई बचाउनेबारे छलफल हुने थलो राष्ट्रियसभा सात घण्टा पनि नचलाइ अन्त्य गर्नुको तात्पर्य त्यही हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies