बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : दिपेश परियारको ‘कसले रोक्यो मेरो हुनमा’ लोक गीत पुनः नयाँ स्वरमा बजारमा आएको छ । युवा गायक शीतल लामिछानेको स्वरमा ‘कसले रोक्यो मेरो हुनमा’ गीत पुनः बजारमा आएको हो । कमल भट्टराईको शब्द तथा लोक दुनियाको साथी प्रेम लामिछाने मगरको संगीत रहेको उक्त गीतको भिडियो सावजनिक गरिएको हो ।
गीतलाई पदम बीसीले एरेञ्ज गरेका हुन् । गोविन्द ओलीले रेकर्ड गरेको यस गीतलाई सञ्जय श्रीपालले मिक्सिङरमास्टरिङ गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा जुना गुरुङ र प्रेम लामिछाने फिचर्ड छन् । काजी श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको भिडियोलाई राजेश घिमिरेले छायाङ्कन तथा दीपक विष्टले सम्पादन गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies