सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : पाल्पाको तानसेन नगरपालिका ७ काजिपौवा स्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब साढे १२ वजे लु २ च ६३२ नम्बरको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडक देखि करिव २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका ४ बस्ने २० वर्षीय विजय खाम्चा र रिब्दीकोट ४ बस्ने २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies