२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : खनाल

shivam cement
मध्यान्ह
२०८२ असार २८ गते १५:४५
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु सकारात्मक भएको बताएका छन् ।

चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका नेता खनालले सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी एकता आजको आवश्यकता भन्ने महसुस गरेर भण्डारी एमालेमा प्रवेश गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै उनले एमालेले नै अरु सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

‘एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना छ’, खनालले भने । ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्म रूपमा लिनुपर्छ,’ नेता खनालले भने ।

खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको उल्लेख गरे ।

लामिछानेले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले भन्न नसक्ने पनि बताए । ‘तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ,’ उनले भने ।

‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र । तर रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई पनि महसुस छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने ।

ADV

सम्बन्धित खबर

Advertise