काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
म्युचुअल फण्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको छ । त्यस्तै, १२ करोड इकाईमध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम् १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई छुट्याएको छ ।
कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकका लागि १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बीज पुँजीको रूपमा रहनेछ । बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था/सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ ।
यस योजनामा संघ/संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिन सक्ने छन् ।