२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

लागुऔषधसहित २ जना पक्राउ

shivam cement
घुरन यादव
२०८२ असार २२ गते २१:२३
लागुऔषधसहित २ जना पक्राउ

सप्तरी : सप्तरी बिहुल गाउँपालिका अन्तर्गत डिधिया क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १३ का रञ्जन निरौला र वडा नं. ११ का लक्ष्मण साहनी रहेका छन् । 

चन्ही प्रहरी चौकीबाट असइ हरेन्द्र यादवको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बुप्रेनोर्फिन ८६ थान, फेनार्गन ८६ थान र डाइजेपाम (डानोला) ८८ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका निरौला र साहनीको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise