२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी हो : कांग्रेस सांसद बजगाईं

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १३:४०
रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी हो : कांग्रेस सांसद बजगाईं

काठमाडौं : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले कांग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहस्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताए ।

उनले प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताए । रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने उनको टिप्पणी थियो । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै उनले चेतावनी दिए । 

सांसद बजगाईंले पहिला आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गरे । 

ADV

सम्बन्धित खबर

Advertise