२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

स्याङ्जा सहयोग समाज कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असार ३० गते १७:३३
स्याङ्जा सहयोग समाज कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

दोहा, कतार : स्याङ्जा सहयोग समाज कतारले आउँदो शुक्रबार अर्थात् जुलाई १८ तारिकमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । नेपाली रक्तदाता संघ कतारको समन्वयका साथै समाज मातहतमा रहेका इकाई तथा विभागहरूको सह-आयोजनामा हमाद अस्पताल मातहत रहेको राष्ट्रिय ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

बिहान ८ बजेदेखि मध्याह्नसम्म चल्ने रक्तदानमा सहभागी हुन कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, पत्रकारका साथै नेपालीहरुलाई समाजका अध्यक्ष घनश्याम अर्यालले आग्रह गरेका छन् । अर्यालले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको हुँदा रक्तदाताहरूलाई समयमै उपस्थित हुन् आग्रह गरेका छन् ।

रक्तदाताहरूले रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनुपर्नेछ भने रक्तदाता कतार प्रवेश गरेको ४ महिना पूरा भएको हुनुपर्नेछ । रक्तदाताले रक्तदान गरेको भए २ महिना (६०दिन) पूरा भएको हुनुपर्नेछ । रक्तदान गर्नु पूर्व कम्तीमा ८ घण्टा सुतेको, कुनैपनि एन्टिबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ । १८ वर्षदेखि ६५ वर्षसम्मको उमेर समूहका महिला पुरुष दुवैले रक्तदान गर्न सक्नेछन् भने तौल ५० केजी हुनुपर्नेछ । रक्तदानसम्बन्धी थप जानकारीका लागि ५११०४५३३, ७०६६५६४४ मा सम्पर्क गर्न सकिने समाजले जारी गरेको सूचनामा जनाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise