२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

संसदीय समितिले त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १३:१०
संसदीय समितिले त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने

काठमाडौं : संसदीय समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन अनुगमन गर्ने भएको छ । आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराइएको हो ।

समितिले सोमबार दिउँसो २ बजे निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताए । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर अहिले काम भइरहेको छ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise