२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

ललितपुरमा प्रेम दर्नालले खोले आफ्नै प्रशिक्षण केन्द्र

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते ०९:२६
ललितपुरमा प्रेम दर्नालले खोले आफ्नै प्रशिक्षण केन्द्र

काठमाडौँ : ललितपुरको महालक्ष्मी नगरपालिकामा स्वस्तिक तेक्वान्दो डोजाङ नामक प्रशिक्षण केन्द्र उद्घाटन भएको छ ।  सोही नगरपालिकाका मेयर हरि गोबिन्द श्रेष्ठ तथा उपमेयर लक्ष्मी महर्जनको उपस्थितिमा उक्त तालिम केन्द्र उद्घाटन भएको हो । 

कार्यक्रममा प्रशिक्षक प्रेम दर्नालले ३ वर्षअघि आफूले कडा मेहनत गरी संचालन गरेको संस्थामा बालबालिकाहरू तथा खेलाडीहरूलाई सेवा दिइरहेको बताए । ३ वर्षअघि ५ जना परिवारकै सदस्यबाट सुरु गरिएको संस्थामा अहिले तेक्वान्दो खेलप्रति रुचि देखाउदै सयौं भाइ बहिनीहरू सहभागि भएर विभिन्न प्रतियोगितामा मेडल जित्दा खुशी लागेको अनुभव प्रशिक्षक दर्नालले सुनाए ।

मेयर हरि गोबिन्द श्रेष्ठले नगरवासी बालबालिका तथा खेलाडहीहरूको सुविधा र विकासको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताए । महालक्ष्मी ३ इमाडोल ललितपुरमा संचालन भैरहेको स्वस्तिक तेक्वान्दो डोजाङका खेलाडीहरूलाई ग्रेडिङ प्रमाणपत्र तथा बेल्ट वितरण गर्दै मेयर श्रेष्ठले आफ्नो कार्यकालमा सक्दो खेल क्षेत्रको लागि सहयोग र प्रोत्साहन गर्ने बताए । यस्तै उपमेयर लक्ष्मी महर्जनले पनि खेलमार्फत खेलाडीहरूको विकासको लागि पालिकाले बजेट छुटाएर सहयोग गर्ने बताइन् ।

कार्यक्रममा खेलमार्फत योगदान पुर्याउने विभिन्न खेलाडीहरूलाई सम्मानसमेत गरिएको थियो । यसैगरी कार्यक्रममा ७० भन्दा बढी प्रशिक्षार्थीहरूले कला कौशलसमेत प्रस्तुत गरेका थिए ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise