२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठुलो रकम खर्च गरिरहेका छन् : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते १२:१९
प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठुलो रकम खर्च गरिरहेका छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताएका छन् ।

मंगलबार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आईएनजीओ वा एनजीओका नामबाट निकै ठुलो रकम आउने गरेको बताएका हुन् ।

विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले दिने उक्त रकम नेपालको बजेटको समानान्तर रुपमा खर्च हुने गरेको, तर सरकारले नियमन र नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको स्पष्ट पारे । उनले आफू प्रधानमन्त्री हुँदा यसलाई राज्यको अनुगमन र लेखाप्रणालीभित्र राख्न प्रयास गरेको दाबी गरे ।

अध्यक्ष प्रचण्डले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने ठोकुवा गरे । अनुदानमा राजनीतिक उद्देश्य रहेको पनि उनले स्पष्ट पारे । शक्ति राष्ट्रहरूले विश्वभरि नै आफ्नो प्रभुत्व कायम गर्न विभिन्न संघ संस्था निर्माण गर्ने र परिचालन गर्ने गरेको उनले बताए ।

उनले सबै सामाजिक संघ संस्था त्यस्तै हुन् र सबै एनजीओप्रति उही नीति लिनुपर्छ भन्ने बुझाइ गलत हुने बताए । कतिपय संघ संस्थाहरू विशुद्ध सामाजिक सेवा भावले समेत कार्यरत रहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्ताहरूलाई विभिन्न सामाजिक संघसंस्थामा सहभागी हुन र हस्तक्षेप गर्नसमेत निर्देशन दिए ।

ADV

सम्बन्धित खबर

Advertise