२०८२ साउन २७ गते मङ्गलवार / Aug 12 , 2025 , Tuesday
२०८२ साउन २७ गते मङ्गलवार
Ads

गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते १३:१४
गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

मुगुः बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ । 

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको  ध्यान  गएको छैन । 

यसैबीच, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्याले वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताइन्। उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिइन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise