२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

मानव अंग प्रत्यारोपणसम्बन्धी कानुन खुकुलो बनाउन सकिँदैन : मन्त्री पौडेल

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते ११:४३
मानव अंग प्रत्यारोपणसम्बन्धी कानुन खुकुलो बनाउन सकिँदैन : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंग प्रत्यारोपणसम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताएका छन् ।

आइतबार ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अंग प्रत्यारोपणसम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएकाले खुकुलो बनाउन नसकिने बताएका हुन् ।

नेपालमा मिर्गौला, आँखालागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंग पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उनले बताए । उनले यदि मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने दाबी गरे ।

मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको उनले उल्लेख गरे ।

मन्त्री पाडेलले एउटाले अर्कालाई सहयोग गर्नु नै मानव धर्म भएको बताए । उनले संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको बताए । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise