२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते ११:५४
नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् ।

‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङ मार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार संघीय राजधानी प्रवेश गर्ने कार र भ्यानले रु. ६५ र बाहिरिँदा रु. ६० तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु. ११५ र बाहिरिँदा रु. ८०, बस र ट्रकले आउँदा रु. २६० र फर्कँदा रु. २०० तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु. ६०० र फर्कँदा रु. २०० दस्तुर निर्धारण गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङ मार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङ मार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।  
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise