तिलु शर्मा पौडेल / मध्यान्ह
म्याग्दी, ३१ असोज । प्रत्येक वर्ष झैँ यस वर्ष पनि म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार मातहत रहेको खेलकुद विभागले जिल्लास्तरीय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न गरेको छ ।
विजया दशमीको अवसरमा आयोजित प्रतियोगिताको उपाधि स्याङ्जाले चुमेको छ । सनैया ४५ मा सम्पन्न खेलमा कुल १९ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन पुराना भलिबल खेलाडी पल सुन्दासले गरेका थिए । खेलकुद संयोजक बाबुराम भण्डारी, टिम व्यवस्थापक डम्बर थजालीलगायत संघका विभिन्न पदाधिकारीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोना आईसीका सचिव रमेश पौडेलले मोनाले बर्सेनी बडा दशैंमा भलिबल प्रतियोगीताको आयोजना गर्दै स्वास्थ्य, आत्मीयता तथा पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेको र यसलाई निरन्तरता दिइने बताए । १९ टिममा स्याङ्जाले तनहूँलाई हराउँदै र रुकुमले आयोजक समिति मोनाको टिमलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनलमा स्याङ्जाले रुकुमलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
तृतीय स्थानका लागि समयाभावका कारण तनहूँलाई नै बिजयी घोषणा गरिएको मोना कतारका टिम क्याप्टेन प्रेम शेरचनले मध्यान्हलाई जानकारी दिए । विजयी टिमले कतारी रियाल १५ सय, दोस्रोले ९०० र तेस्रोले ५०० सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
खेलका उत्कृष्ट स्पाइकर, डिफेन्स, क्विक स्पाईकर, अनुशासन, लिफ्टर लगायत विविध बिधामा खेलाडीहरूलाई सम्मानसमेत गरिएको मोना कतारका कार्यवाहक अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies