काठमाडौं: सिलिङ्कस ट्राभल्स एण्ड टुर्स प्रा.लि. नयाँ कर्पोरेट लोगो सार्वजनिक गरेको छ । सिलिङ्कसले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको जनाएको छ ।
सिलिङ्कसले नीलो र सुन्तला रङमा संयोजन गरी नयाँ लोगो सार्वजनिक गरेको हो । सो लोगोले संस्थाको नामभित्रको मर्म र आफ्ना ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।
विभिन्न ठाउँका यात्राका लागि टिकटिङ गर्ने सिलिङ्कसले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ ।
नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयामिकता प्रष्ट्याउने पनि कम्पनीले जनाएको छ । सिलिङ्कसकी कार्यकारी निर्देशक पावना श्रेष्ठले लोगोमा गरिएको परिवर्तन कोभिड–१९ पछिको पुनर्जागरण भएको बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies