
काठमाडौं : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।
न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो ।
पाण्डे गत जेठ २० गते निलम्बनमा परेका थिए । त्यसपछि जेठ २६ गते उनले रिट दायर गरेकोमा उच्चले अन्तरिम आदेशमार्फत निलम्बन कार्यन्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । त्यपछि उनी काममा फर्किएका थिए ।
रिट खारेजीसँगै पाण्डेको निलम्बनले निरन्तरता पाउने भएको छ । उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।