२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

shivam cement
२०८२ कार्तिक १३ गते १४:२७
सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

काठमाडौं : सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ । संघीय सरकारले टुक्रे योजनाहरुका बजेट कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरु कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने बताए । कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसँग प्रष्टीकरण माग्ने उनले जानकारी दिए ।

उनले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताए । उनले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले समितिमा विगतमा भइरहेका छलफलहरुलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए । समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागी सरकारकालाई निर्देशन दिने उनको भनाइ छ । 

उनले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताए । बैठक सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहेको उनको भनाइ छ । जेनजी आन्दोलन पश्चात पहिलो पटक समितिको बैठक बसेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर