२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

फाफ डु प्लेसिसले विराटनगरबाट एनपिएल खेल्ने

shivam cement
२०८२ कार्तिक १४ गते १७:१५
फाफ डु प्लेसिसले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि विराटनगर किंग्सले दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिसलाई भित्र्याएको छ ।

विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई भित्राएको जानकारी दिएको हो ।

डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट, १४३ एकदिवसीय र ५० टी-२०आई खेल खेलेका छन् । उनले ५० टी-२० आई खेलमा १५ सय २८ रन बनाएका छन् । त्यस्तै समग्र टी-२० का ४२४ खेलमा ११ हजार ९ सय ६ रन बनाएका छन् ।

उनले आइपिएल टोली दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट आइपिएल खेलेका छन् । 

यसअघि विराटनगरले ‍स्टकल्यान्डका ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर