
काठमाडौंः नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व बढाउन करको दर नभइ दायरा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुने बताए । स्वदेशी लगानीकर्ताले मात्रै नभइ विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिका कारण दायित्व हेरेर मात्रै लगानी गर्ने बताए । मुलुक विषम परिस्थितिमा रहेको बताउँदै केही समयअघिसम्म अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भएपनि अहिले जेन जी आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौति थपिएको बताए । मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टतासँगै स्थिरता आवश्यक रहेको बताए ।
अध्यक्ष पाण्डेले लगानीकर्ताको लगानीको आधारसमेत करसम्बन्धी नीति हुन्छन् भन्नेकुरा गहन रुपमा ध्यान दिनुपर्ने बताए । नीतिगत सुधारलाई अर्थमन्त्रालयले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।