
धरान : कोशी प्रदेशमा स्रष्टा सम्मानसहित कवितावाचन सम्पन्न भएको छ । स्वाधीनता, सुशासन, समृद्धि र वैज्ञानिक समाजवादका लागि जनसंस्कृति भन्ने उद्घोषका साथ जनसांस्कृतिक महासंघ, कोशी प्रदेश समितिले स्रष्टासम्मान तथा रचना वाचन कार्यक्रम गरेका हो ।
वरिष्ठ कवि तथा प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा विमल स्मृति पुस्तकालय, सुनसरी ,धरान–१८, बुद्धचौकमा कार्यक्रम सम्पन्न भइकझ हझ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धमलाले भाषा ,साहित्य,संस्कृति र कला लगायतका क्षेत्रमा एक नम्बर प्रदेशको विशेष महत्त्व रहेको बचताए । अबको साहित्य सिर्जनामा वर्गीय पहिचान ,समावेशिता , विचार, कला र सौन्दर्यबोध हुनुपर्ने बताए ।

सो कार्यक्रममा साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्याएका स्रष्टाहरू शंकर सुनुवार,देव सुब्बा इजम र टंक राजवंशीलाई सम्मानीत भएका छन् । त्यस्तै प्रमुख अतिथी धमलाले धरान नगरपालिका वर्डा नंं.१३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले र कवि शकुन्तला त्रिखत्री (भुसाल) विरामी अवस्थामा निवासमै पुगेर सुस्वास्थ्यको कामनासहित सम्मान हस्तान्तरण गरे ।
जनसांस्कृतिक महासंघ नेपाल एक नम्बर (कोसी) प्रदेशका संयोजक प्राज्ञ प्राडा खेमराज खनालले यस महासंघले सबै जातजाति सबै भाषा,संस्कृति र साहित्यको संरक्षण र सम्बर्धन गर्दै समाजवादी लेखनयात्रामा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि ,पूर्व सांसद तथा वरिष्ठ प्रगतिवादी कवि कुन्ता शर्माले प्रज्ञा–प्रतिष्ठानहरूमा प्राज्ञ नियुक्त हुँदा सरकारले मनोमानी गरेका भन्दै चिन्ता व्यक्त गरिन् ।