२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

वर्षाका कारण काठमाडौँको फोहोर बिसर्जन प्रभावित

Nada
२०८३ असोज ९ गते १२:२६
Shares
वर्षाका कारण काठमाडौँको फोहोर बिसर्जन प्रभावित

काठमाडौँ : निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनमा अवरोध आएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

ncell

ल्याण्डफिल्ड साइटको प्रतिकूल अवस्थाका कारण केही समय फोहोर बिसर्जनको काम प्रभावित हुने भएकाले महानगरपालिकाले सर्वसाधारणलाई घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ ।

महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएका बेला सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा खुला स्थानमा जथाभावी फोहोर नफाल्न पनि अनुरोध गरेको छ ।

महानगरका अनुसार वर्षा कम भई सिसडोलस्थित ल्याण्डफिल्ड साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानीको काम नियमित गरिनेछ ।

महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा असहज अवस्था सिर्जना भएकाले केही समय धैर्य गरिदिन र सार्वजनिक स्थानमा फोहोर नथुपार्न नगरवासीलाई आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर