
काठमाडौँ : प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको छ ।
बुधबार बुझाइएको प्रतिवेदनमा गम्भीर अपराधमा संलग्न बाहेकका प्रदर्शनकारीलाई मुद्दा फिर्ता गरी कारागारबाट मुक्त गर्न सुझाव दिइएको हो । सिफारिसबारे मूल समितिले छलफल गरी सरकारलाई निर्देशन दिने विषयमा निर्णय गर्नेछ ।