२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

जापानमा सुदूरपश्चिम सांस्कृतिक कार्यक्रमको तयारी पूरा, कलाकार रेखा जोशी र चक्र बम टोकियोमा

Nada
२०८३ असोज २४ गते १३:४५
Shares
जापानमा सुदूरपश्चिम सांस्कृतिक कार्यक्रमको तयारी पूरा, कलाकार रेखा जोशी र चक्र बम टोकियोमा

टोकियो : सुदूरपश्चिमेली नेपाली समाज जापानले जापानको राजधानी टोकियोसहित विभिन्न सहरमा आयोजना गर्न लागेको ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ को तयारी पूरा भएको छ । कार्यक्रमका लागि सुदूरपश्चिमका चर्चित कलाकार रेखा जोशी र चक्र बम आज टोकियो आइपुगेका छन् ।

ncell

टोकियोस्थित नारिता विमानस्थलमा आइपुगेका कलाकारद्वयलाई सुदूरपश्चिमेली नेपाली समाज जापानका पदाधिकारीहरूले स्वागत गरेका छन् ।

समाजले भोलि आइतबार साँझ ५ बजेदेखि टोकियोको मेगुरोस्थित मेगुरो परसिमोन हलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।

त्यसैगरी, सोमबार ओसाका र त्यसपछि फुकुओकामा पनि सांस्कृतिक कार्यक्रम आयोजना गरिने सुदूरपश्चिमेली नेपाली समाज जापानले जनाएको छ ।

कार्यक्रमको तयारीका क्रममा समाजले आज पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । साथै, जापान पुगेका कलाकारद्वयको सम्मानमा रात्रिभोजको पनि आयोजना गरिएको समाजले जनाएको छ ।

सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र संगीतलाई जापानमा प्रवर्द्धन गर्नुका साथै जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

ताजा खबर

सम्बन्धित खबर